नदीमा बगेकी महिलाकोे हेलिकेप्टर मार्फत उद्वार ।

४ बर्ष अघि

२0७७ बैशाख १४ आईतवार

नदीमा बगेकी महिलाकोे हेलिकेप्टर मार्फत उद्वार ।

 रमेश खत्री बैशाख १४ दार्चुला । आइतबार विहान महाकाली नदीमा बगेकी व्याँस गाउँपालिका वडा नम्बर १ की ३० वर्षीया सपना तिंकरी ऐतवालको नेपाली सेनाको हेलिकेप्टर बाट उद्वार गरिएको छ । नदिमा बग्दै आएकी महिलालाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्वार गरिएको हो । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपाली सेनको हेलिकेप्टर मार्फत नेपालगञ्ज लगिएको छ । विहान ६ ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ डुमपानीबाट बगेकी महिलालाई नेपालञ्ज रिफर गरिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति शामराजा बिक्रम थापाले जानकरी दिनु भयो । ऐतवाल हाल महाकाली नगरपालिका वडा नम्बर ४ तिकरखेडामा बस्दै आएकी छिन । महिलाको उद्धारका लागि प्रदेश सांसद गेल्बुसिह बोहोराको बिशेष पहलमा आईतबार विहान ११ बजे नेपाली सेनको हेलिकप्टर दार्चुला पुगी थप उचारका लागि उद्धार गरिएको हो ।