महाकालीमा बगेकी महिलाको उद्धार ।

४ बर्ष अघि

२0७७ बैशाख १४ आईतवार

महाकालीमा बगेकी महिलाको  उद्धार ।

दृष्टिकोण समाचार बैशाख १४ दार्चुला । दार्चुलामा महाकाली नदीमा बगेका एक महिलाको जिवित उद्धार गरिएको छ । आज बिहान सदरमुकाम खलंगाको तिंकर खेडा नजिकैबाट बगेर आएका व्यास गाउँपालिका १ का ३० वर्षीया सपना ऐतवालको प्रहरीले जिवितै उद्धार गरेको हो । खलंगाको तिंकर खेडामा बस्दै आउनुभएका महिला बिहान सवा ६ बजे बगेका थिए । उहाँलाई जिल्ला अस्पताल नजिकैबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी दिपेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । झण्डै एक किलोमिटर बगेका महिलाको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।