२४ सै घण्टा सीमा नाकामा सशस्त्र प्रहरी ।

४ बर्ष अघि

२0७७ बैशाख १३ शनिबार

२४ सै घण्टा सीमा नाकामा सशस्त्र प्रहरी ।

 रमेश खत्री बैशाख १३ दार्चुला ।  भारतमा रहेका नेपालीहरु दिनप्रतिदिन महाकाली तरेर नेपाल आउन थालेपछि सशस्त्र प्रहरीले सीमा नाकामा कडाई गरेको छ । जोखीम मोलेर नेपाल भित्रिने क्रम नरोकिएकाले भारतसंग जोडिएको सीमामा २४ सै घण्टा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाले २४ सै घण्टा डिउटी खटाएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि सशस्त्र प्रहरीले २४ घण्टा डिउटी खटाएको डिएसपी डम्बर बहादुर विष्टले जानकारी दिनुभयो । शुक्रबार डिएसपी डम्बर विष्टले भारतसंगको सीमा क्षेत्र उकु क्षेत्रमा निरीक्षण गरेका छन । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिदा मानिसहरुको चहलपहल न्युन हुनुका साथै लकडानको पालना भएको उहाले बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाले व्याँसको डोकट देखि लेकमको लाली सम्म नौ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको छ । सशस्त्र प्रहरीले व्यासँको धौलाकोट स्याँकु, डोकटमा र लेकमको रातौडा,लाली मालिकार्जुनको बाकु,उकु,डिन्सी महाकालीको ककाडा ,खेट्टेबगरमा अस्थायी पोस्ट स्थापना गरेको छ । महाकाली नदीबाट अवैद्ध रुपमा महाकाली नदी तरेर नेपाल प्रवेश गर्ने संख्यालाई रोक्नका लागि सशस्त्र प्रहरीेले ठाउँ ठाउँमा डिउटी खठाएको हो ।