दार्चुलाका स्थानीय तहहरु र स्वास्थ्य संस्थालाहरुलाई स्वास्थ्य सामग्री हस्थान्तरण । 

४ बर्ष अघि

२0७७ बैशाख ११ बिहीबार

दार्चुलाका स्थानीय तहहरु र स्वास्थ्य संस्थालाहरुलाई स्वास्थ्य सामग्री हस्थान्तरण । 

दृष्टिकोण समाचार बैशाख ११ दार्चुला । दार्चुला जिल्लामा रहेका स्थानीय तहहरु र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।दार्चुलाबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले स्थानीयतहरुहरुमा स्वास्थ्य समाग्री हस्तान्तरण गरेका छन । प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्ना र सुदुपश्चिम प्रदेश सभा सदस्यहरु गेल्बुसिह बोहरा र मानबहादुर धामीले स्वास्थ्य सामग्री प्रदान गरेका हुन । जिल्लाका स्वास्थ्य संस्थाहरु र स्थानीयतहहरु संग पिपिइ, इन्फारेड थर्मामिटर,एन९५ मास्कको अभाव भइरहेका स्वास्थ्य समाग्री हस्तान्तण गरेका हुन । जसमा इन्फरेड थर्मामिटर ९ थान, ९५ मास्क ३० थान पिपिइ ५ थान साधारण पिपिइ १४ थान मास्क एक सय थान हस्तन्तरण गरेका हुन । इन्फोरेड थर्ममिटहरु दार्चुला जिल्लाका ७ गाँउपालिकाहरु, जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पताललाई एउटा एउटा प्रदान गरिएको छ । एन ९५ मास्कहरु १५ थान जिल्ला अस्पताल दार्चुलालाई र १५ थान गोकुलेश्वर अस्पताललाई दिइने छ । पिपिइहरु ३ थान जिल्ला अस्पताल दार्चुला र २ थान गोकुलेश्वर अस्पताललाई दिइने छ । भने साधारण पिपिइ एम्बुलेन्स चालक र सरसफाई कर्मचारीहरुलाई दिने छ । एक सय थान मास्कहरु भने आवश्यता अनुसार जिल्ला विपद व्यवस्थापन समितिले वितरण गर्नेछ । कोरोना भाईरस कोभिड १९ संकटका बेला स्वास्थ्य सामग्रीहरु दार्चुला अभाव भइरहेका बेला सांसदहरुले प्रदान गराउनु भएकोमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले धन्यवाद दिएका छन । नेपाल कम्युनिष्ट नेकपाका प्रदेश कमिटि सदस्य जमनसिह धामीले विहिबार स्वास्थ्य सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्थान्तरण गरेका छन ।