पर्यटन पत्रकार महासंघ दार्चुला अध्यक्ष धामी द्धारा स्वास्थ्य सामाग्री वितरण 

४ बर्ष अघि

२0७७ बैशाख १0 बुधबार

पर्यटन पत्रकार महासंघ दार्चुला अध्यक्ष धामी द्धारा स्वास्थ्य सामाग्री वितरण 

दृष्टिकोण समाचार बैशाख १० दार्चुला , पर्यटन पत्रकार महाकासंघ दार्चुलाका अध्यक्ष तथा टिभी टुडेका दार्चुला सम्वाददाता रामसिह धामीले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोरोना भाइरसको जोखिमको बेला पनि आफुजस्तै नागरिकलाई सुसूचित गर्ने दार्चुला जिल्लामा कृयासिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ घर भएका पत्रकार धामीले जिल्लास्थित रेडियो, टिभि, अनलाईन र विभिन्न पत्रपत्रिकामा आवद्ध पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । विश्व कोरोना भाइरसको संक्रमण विरुद्ध लडिरहेको बेला पत्रकारहरु पनि निरन्तर फिल्डमा खटिएर काम गर्ने गरेको भन्दै आफ्नो जन्म दिनको अवसरमा स्वास्थ्य सामाग्री दिइएको पत्रकार धामीले बताउनुभयो । धामीले पत्रकारहरुलाई सेनिटाइजर, मास्क, डायरी र कलम हस्तान्तरण गरेका छन । लकडाउनको अवधिमा निरन्तर सूचना सञ्चार प्रवाह गर्नमा खटिने पत्रकारलाई जोखिम हुन नदिन स्वास्थ्य सामाग्री दिइएको धामीको भनाई छ ।  पत्रकार धामी विगत ८ बर्षदेखि दार्चुला जिल्लामा पत्रकारीता गर्दो आएका छन ।