नेपाली सेनाले बचायाे महिलाकाे ज्यान ।

४ बर्ष अघि

२0७७ बैशाख ९ मंगलवार

नेपाली सेनाले बचायाे महिलाकाे ज्यान ।

रमेश खत्री बैशाख ९ दार्चुला  । नेपाली सेनाकाे दुर्गादल गुल्म दार्चुलामा कार्यरत जवान प्युठ खिम बहादुर घर्तीमगरले मंगलबार एक महिलालाई रक्तदान गरेकाे छ । करिब एक हप्ता देखि जिल्लाकाे व्याँस गाउपालिकाकाे -५ किमसैन बस्ने विर सिह धामीकी ३२ वर्षीया श्रीमती कविता बुढाथोकी धामीकाे सेनाले दिएकाे रगतले ज्यान जाेगीएकाे जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । उनकाे उच्च रक्तश्राव भएपछि ज्यान जाेखिममा परेकाे थियाे । कविता रगत अभावमा जिल्ला अस्पतालमा छटपटिरहेकाे अवस्थामा दार्चुला स्थित दुर्गादल गुल्ममा कार्यरत जवान धर्तीमगरले उच्च रक्तश्राव भएकी धामीलाई १ पाेण्ड रगत दिएकाे  दुर्गादल गुल्मका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिनु भायाे ।एक हप्ता भन्दा बढि दिनदेखि रगत बगेकाे हुदा धामी मंगलबा, मात्र जिल्ला अस्पताल भर्ना भएकी थिईन शरीरमा रगत सकिएर महिलाको ज्यान खतरामा परेको थियाे । अहिले उनकाे अवस्था समान्य रहेकाे अस्पतालले  जनाएकाे छ ।