जिल्ला अस्पताल दार्चुलामा डाक्टर थपिए ।

४ बर्ष अघि

२0७७ बैशाख ९ मंगलवार

जिल्ला अस्पताल दार्चुलामा  डाक्टर थपिए ।

दृष्टिकोण समाचार बैशाख ९ दार्चुला । कोरोना भाईसर (कोभिड–१९) उपचारमा सहयोग पुरयाउनका लागि दार्चुला जिल्ला अस्पतालमा ४ जना डाक्टर थप भएका छन । संघिय सरकारले सुदूरपश्चिममा खटाएका ३४ जना चिकित्सक मध्ये ४ जना दार्चुला आएका हुन ।जिल्ला अस्पताल दार्चुलाका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलका लागि डाक्टर कृष्णराज अधिकारी,डाक्टर अरुण कुमार शाह,सतिश कुमार गुप्ता र चेतराज भट्टलाई दार्चुला पठाएको  । उनिहरुलाई कोरोनाका साथ साथै अन्य सेवाहरु पनि दिने जिल्ला अस्पातालका डाक्टर गजेन्द्र दुवाले बताउनु भयो ।  स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल दार्चुलालाई कोरोना उपचार अस्पताल तोकेदिएपछि डाक्टरहरु थप पठाएको हो यो सँग जिल्ला अस्पतालमा १० जना डाक्टर हुने भएका छन ।