आमा वितेको ६ दिन पछि क्वारेन्टाइनमा बसेका भट्टलाई नेपाल प्रवेश ।

४ बर्ष अघि

२0७७ बैशाख ७ आईतवार

आमा वितेको ६ दिन पछि क्वारेन्टाइनमा बसेका भट्टलाई नेपाल प्रवेश ।

रमेश खत्री बैशाख ७ दार्चुला  । भारतको क्वारेन्टाइनमा रहेका बासुदेव भट्ट आइतबार घर फर्केका छन । कोरोना भाईरस लकडाउन भएपछि भारतमा अलपत्र परेका दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका बासुदेव भट्ट आज नेपाल प्रवेश  गरेका छन । बैशाख २ गते आमाको निधन भएपनि सिमा बन्द भएका कारण भारतको पिथैरागड जिल्लाको बलुवाकोटमा रहेका भट्टलाई भारतीय प्रशासनले अनुमति दिएपछि नेपाल ल्याइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो  । ६ दिन अगाडि आमाको मृत्यु भएपछि घर आउन नपाएपछि भारतको बलुकाकोटको शिविरमै किरियामा बसेका थिए । आमाको निधन हुदा पनि भारतीय क्वारेन्टाइनमा किरिया बसेका हुन । घरमा आमाको मृत्यु खवर पाएपछि क्वारेन्टाइनमा किरिया बसेका भट्ट घर सम्म ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको थियो । हिन्दु संस्कार अनुसार क्वारेन्टाइनमै किरिया बस्न बाध्य भएका छन । बासुदेव भट्टलाई आज बालुवाकोट नाकाबाट नेपाल प्रवेश गराई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराई होम क्वरेन्टाईनमा बस्ने गरि घर पठाउने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकरी दिनु भयो ।