नेवि संघले स्थापना दिवसको अवसरमा फलफुल वितरण ।

४ बर्ष अघि

२0७७ बैशाख ६ शनिबार

नेवि संघले स्थापना दिवसको अवसरमा फलफुल वितरण ।

रमेश खत्री बैशाख ६ दार्चुला । नेपाल विद्यार्थी संघ दार्चुलाले आफ्नो ५१ औ स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको छ । महाकाली नगरपालिका क्वारेन्टान बसेका र जिल्ला अस्पाताल दार्चुलामा रहेका विरामि हरुलाई नेवि संघको स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको हो । नेपाल विद्यार्थि संघ दार्चुलाले कार्यसमितिको सहयोगबाट महाकाली नगरपालिकाको क्वारेन्टाईनमा रहेका १८ जना र जिल्ला अस्पताल दार्चुलामा रहेका १२ जना विरामिहरुलाई फलफुल वितरण गरिएको नेवि संघ सचिव हरी जोशीले बताउनु भयो । नेपाल विद्यार्थि संघले सदैव समाजीक काम गर्ने संघठन भएकाले पछिल्लो समय कोरोनाको महामारी फैलिएकाले आज नेवि संघले आफ्नो ५१ औ स्थापना दिवसमा फलफुल वितरण गरि दिवस मनाएको सचिव जोशीले जानकारी दिनु भयो ।