महाकाली नदिमा तरेर आएकाहरुलाई नगरपालिकाको क्वारेन्टाईनमा । 

४ बर्ष अघि

२0७७ बैशाख ५ शुक्रबार

महाकाली नदिमा तरेर आएकाहरुलाई नगरपालिकाको क्वारेन्टाईनमा । 

रमेश खत्री बैशाख ५ दार्चुला । महाकाली नदी तरेर आएका १२ जनालाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको कारण नेपाल भारत सिमानाका बन्द भएपछि उनिहरु अवैध रुपमा महाकाली नदी तरेर विहीबार राती नेपाल प्रवेश गरेका हुन । भारतको पिथैरागाढ जिल्ला अन्तगत पर्ने ढुगाताली तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ पर्ने चुच्चैबाट उनिहरुलाई भारतिय नागरिकले टुयुबाबाट नेपाल प्रवेश गरेको र एकजना तारेबाफत रु १हजार लगेको स्थानीय दिपेन्द्र नेगिले बताउनु भयो । नदि तरेर नेपाल प्रवेश गर्दे गरेको अवस्थानमा प्रहरीको गस्तीले उनीहरुलाई नदि किनार बाटै नियन्त्रणमा लिई क्वारेन्टइमा ल्याएको प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिनुभयो । १२ जना मध्ये ९ जना बैतडीको डिलाशैनी गाउँपालिका १ जना दोगडाकेदार गाउँपालिका र २ जना दार्चुलाको नैगाड गाउँपालिकाका रहेको महाकाली नगरपालिका विपद व्यवस्थापन शाखाका सयोजक भुवन जोशीले जानकारी दिनुभयो ।
महाकाली नदि तरेर नेपाल प्रबेश गराएका १२ जनाको स्वास्थ्य परिक्षण गरि शुक्रबारबाट महाकाली नगरपालिकाले तयार परिएको क्वारेन्टाईनमा राखिएको छ ।