सशस्त्र प्रहरीले ८ ठाउँमा अस्थायी पोष्ट स्थापना ।

४ बर्ष अघि

२0७७ बैशाख ५ शुक्रबार

सशस्त्र प्रहरीले ८ ठाउँमा अस्थायी पोष्ट स्थापना ।

 रमेश खत्री बैशाख ५ दार्चुला ।कोरोना भाइरस (कोभिड—१९) को संक्रमण नियन्त्रण गर्न सशस्त्र प्रहरीले आठ ठाउँमा अस्थायी पोष्ट स्थापना गरेको छ । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षाका लागि सीमामा जनशक्ती खटाइएको हो । सोहि अनुसार सशस्त्र प्रहरी नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाले व्यासँको डोकट देखि लेकमको लालीसम्मका आठ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको हो । महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा डिउटी खटाएको छ । सशस्त्र प्रहरी ५० नम्बर गुल्म दार्चुलाले विहिबार महाकाली नगरपालीको वडा नम्बर ८ काकाडामा अस्थायी पोष्ट स्थापना गरेर आठ ठाउँमा पोष्ट राखेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म दार्चुलका गुल्मपति डम्मरबहादुर विष्टले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले लेकम लाली,रतैडा,मालिकार्जुन गाउँपालिकाको उकु,बाकु,डिन्सी,महाकाली नगरपालिको काकाडा,व्यासँ गाउँपालिकाको धौलाकोटको स्याकु । डोकटमा अस्थायी पोष्ट स्थापना गरेको हो । नयाँ स्थापना गरिएका ७ पोष्टमा १० जनाका दरले सशस्त्र प्रहरी खटाइएको छ भने उकुमा १५ जना खटिएको उहाले  बताउनु भयो