बैतडीमा राहत वितरण गर्न प्रदेश सरकार द्वारा बजेट ।

४ बर्ष अघि

२0७७ बैशाख ५ शुक्रबार

बैतडीमा राहत वितरण गर्न प्रदेश सरकार द्वारा बजेट ।

 डी आर भट्ट बैशाख ५ बैतडी ।  सुदूरपश्मि प्रदेश सरकारले  बैतडीमा राहत वितरणका लागि डेड करोड भन्दा बढी राहत रकम  दिएको  छ । कोरोना भाइरस कोभिड  १९ को  महामारि फैलिएको बेला न्युन आय भएका नागरिकहरुलाइ राहत वितरण  गर्न प्रदेश सरकारले १ करोड ६० लाख ३० हजार राहत  रमक प्रदान गरेको बैतडीको क्षेत्र नं २ बाट निर्वा्िचत प्रदेश सभासदस्य  लिलाधर भट्टले  जानकारिदिनुभएको छ । १० आटै स्थानियतहरुलाइ  जनसङख्याको  आधारमा बजेट उपलब्ध गराएको उहाँले बताउनुभएको  छ । प्रदेश सभासदस्य भट्टले दिएको जानकारि अनुसार दशरथचन्द नगरपालिकाका लागि २० लाख, पाटन नगरपालिकाका लागि १७ लाख २० हजार , पुर्चौडी  नरगपालिकाका लागि २६ लाख २० हजार र मैलौलि नगरपालिकाका लागि  १३ लाख ७० हजार  राहत रकम  पठाइएको  छ । यस्तै  दोगडा केदार गाउँपालिकाका लागि १६ लाख , सुर्नया गाउँपालिकाका लागि ११ लाख ९० हजार र डिलाशैनि गाउँपालिकाका लागि १५ लाख ४० हजार राहत रकम पठाइएको छ । यस्तै सिगासका लागि १५ लाख ८० हजार पञ्चेश्वरका लागि १२ लाख २० हजार ,शिबनाथ गाउँपालिकाका लागि ११ लाख ९० हजार राहत रकम पाठाइएको प्रदेशसभा सदस्य  भट्टले जानकारिदिनुभएको छ । प्रेदेश सरकारले जिल्लाका १० ओटै स्थानियतहरुमा जनसङख्याको आधारमा राहत रकम पठाएको उल्लेख गरेको छ ।  लकडाउनले  समस्यामा परेका, ज्यालादरि  गरेर जिवन निर्वाह गर्ने र अतिविपन्न नागरिकहरुलाइ राहत वितरण गरिने जनाइएको छ । यस्तै निर्धारित कार्य्िवधि अनुसार राहत विरतण गर्न पालिकाहरुलाई  प्रदेश सरकारले आग्रह गरेको  छ ।