कोभिड—१९ नियन्त्रणमा दार्चुलाका लागी झण्डै ८१ लाख बजेट ।

४ बर्ष अघि

२0७७ बैशाख ४ बिहीबार

कोभिड—१९ नियन्त्रणमा दार्चुलाका लागी झण्डै ८१ लाख बजेट ।

दृष्टिकोण समाचार बैशाख ४ दार्चुला । सुदूपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुलाई कोरोना भाईरस (कोभिड—१९) को जोखिम न्युनिकरण गर्ने ८० लाख ७० हजार बजेट विनियोजन गरेको छ । दार्चुला जिल्लाको सम्र्पुण स्थानीय तहहरुको जनसंख्याको आधारमा राहत रकम सम्बन्धित बैकमा पठाएको सुदूरपश्चिम प्रदेशका सदस्य गेल्बु सिह बोहराले जानकारी दिनु भयो । निर्धारित कार्यविधि अनुसार पालीकाहरुको राहत वितरण गर्नेका लागि उक्त बजेट विनियोजना गरेको हो। जस्मा अपिहिमाल .गाउँपालिकाका लागि ३ लाख २० हजार, मार्मा गाउँपालिकाका लागि ८ लाख ५० हजार, नौगाड गाउँपालिकामा १० लाख २० हजार, लेकम गाउँपालिकामा १० लाख २० हजार, मालिकार्जुन गाउँपालिकामा ९ लाख ५० हजार, दुहँु गाउँपालिकामा ६ लाख ९० हजार र व्याँस गाउँपालिकामा ६ लाख ६० हजार विनियोजना गरिएको छ त्यसैगरि महाकाली नगरपालिकामा ११ लाख ९० हजार र शैल्यशिखर नगरपालिकामा १३ लाख ७० हजार रुपैया विनियोजन गरिएको प्रदेश सभा सदस्य बोहोराले बताउनु भयो ।