क्वारेन्टाइनमा रहेका १४ जानलाई घर पठाईयो ।

४ बर्ष अघि

२0७७ बैशाख ४ बिहीबार

क्वारेन्टाइनमा रहेका १४ जानलाई घर पठाईयो ।

रमेश खत्री बैशाख ४ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिकाले २१ दिन क्वारेन्टाइनमा रहेका १४ जनालाइ बिहिबार घर पठाएको छ । महाकाली नगरपालिकाको वडा नम्बर ४ मा रहेको महेन्द्र नमुना माविमा रहेका १४ जनालाई बिहिबार नेपाल सरकारले अवलम्बन गरेको २१ दिन पुरा भएकाले उनीहरुलाई घर पठाएका हुन । भारतको विभिन्न ठाँउमा रोजगारीका लागिगएका नागरिकहरुलाई महाकाली नगरपालीकाले चेत्र १४ गतेबाट कोरोना भाईरसको संक्रमण हुन सक्ने भएकाले उनिहरुलाई क्वरेन्टाईनमा राखेका थिए । आज ३ महिला र ११ पुरुषहरुलाई महाकाली नगरपालिकाको क्वारेन्टाईनको अवधि समाप्त भएकाले घर पठाएको र अबका दिनमा पनि गाँउघर गएर जनचेतना फैलाउनमा सहयोग गरि (कोभिड— १९)को नियन्त्रणमा सहयोग गर्न महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो ।  भरि महामारीको रुपमा फैलीएको कोरोना भाईरस (कोभिड —१९) को उच्च जोखिम रहेका दार्चुला जिल्लामा पनि भारत तथा अन्य मुलुकहरुबाट नेपाल फर्केका नेपालीहरुलाई स्थानीय तहहरुले क्वारेन्टाईनमा राखेका छन । जस अनुरास चैत्र १४ गते भारतको धारर्चुला नाका भई नेपाल प्रबेश गरेका १४ जना नेपालीहरुलाई महाकाली नगरपालिकाले क्वारेन्टाईनमा राखेको थियो । २१ दिनको अवधि सकेर पनि घरमा गएर फेरी एक हप्ता होम क्वारेन्टाईनमा बस्ने स्थानीय गणेश कुवर  बताउनु भयो । दार्चुला जिल्ला सरमुकाममा रहेको महाकाली नगरपालिकाले भारत तथा अन्य मुलुकहरुबाट नेपाल प्रबेश गर्ने नागरिकहरुलाई क्वारेन्टाईनमा राखनको लागि महेन्द्र नमुना माविमा व्यवस्थापन गरेको छ । महाकाली नगरपालिकाका मात्रै नभई अन्य पालिकाहरुका स्थानीयहरु महाकाली नदिमा तैरेर नेपाल प्रबेश गरेका अन्य ६ जनालाई पनि अहिले क्वारेन्टाईनमा राखेको छ ।