चट्याङ लागेर बालिकाको मृत्यु ।

४ बर्ष अघि

२0७७ बैशाख ३ बुधबार

चट्याङ लागेर बालिकाको मृत्यु ।

गणेश धामी बैशाख ३ दार्चुला । दार्चुलामा चट्याङ लागेर  एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ तिखाधार बस्ने भद्र सिह खातीकी ७ वर्षीया नातनी लक्ष्मी खातीको हिजो चट्याङ लागेर मृत्यु भएको हो । अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनु भयो । उनका अनुसार खातीको घरमा मंगलवार राती साढे ८ बजेतिर चट्याङ परेको हो । चट्याङ लागेर खातीकी श्रीमती सिता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको प्रहरी निरीक्षक जोशी बताए ।  घाइतेहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ  ।