१०६१ जना नेपाली मजदुर नेपाल भित्र्याउने तयारी ।

४ बर्ष अघि

२0७७ बैशाख २ मंगलवार

१०६१ जना नेपाली मजदुर  नेपाल भित्र्याउने तयारी ।

दृष्टिकोण समाच बैशाख २ दार्चुला ।१०६१ जना नेपाली दुई सातादेखि भारतीय बजार धारचुलाका विभिन्न शिविरमा रहेका  नेपालीहरू लाई नेपाल भित्र्याउने तयारी भईरहेकाे छ। भारतले क्वारेन्टाइन भने पनि सयौं व्यक्ति उक्त शिविरमा कष्टकर जीवन बिताउन बाध्य छन् । जोखिमपूर्ण पल बिताइरहेका नेपालीले आफ्नो सरकारप्रति दुःख व्यक्त गर्दै चाडो नेपाल ल्याउन आग्रह गर्दै आएका थिए । भारतीय क्वारेन्टाइनमा रहेका नेपाली ल्याउने विषयमा सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ । कोभिड संकट व्यवस्थापन समितिको बैठकले उद्धारको विषयमा छलफल गरेको हो ।बैठकले क्वारेन्टाइन व्यवस्थापन समितिले भारतमा रहेको नेपाली खलंगामा राख्न सकिने नसकिनेबारे अनुगमन गर्न निर्देश गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिले खलंगामा १ हजार बढि नेपाली राख्ने सक्ने नसक्नेबारे निक्र्यौल गर्ने भएको छ । अहिले भारतको विभिन्न क्वारेन्टाइनमा दार्चुलाका २२६ जना, बैतडीका ४२२ जना, बझाङका २७१ जना, कैलालीका ६९ जना, डडेल्धुराका २३ जना, अछामका १८ जना कञ्चनपुरका ११ जना, डोटीका १ जना रहेका छन् । यस्तै सुर्खेतका १५ जना, जाजरकोटका ३ जना, दैलेखका २ जना रहेको बताइएको छ । सर्वोच्च अदालते गत मंगलबार भारतका सीमा पारी रहेका नेपालीहरुको उद्धार गर्न आदेश गरेको थियो । तर उनीहरुलाई नेपाल फर्काउने विषय भने टुगिंएको छैन् । उनीहरुलाई अहिले सम्बन्धित नाकाको जिल्लामा व्यवस्थाप गर्न निर्देशन पछि खलंगामा राख्ने सकिने नसकिने अवस्थाको बारेमा निक्यौल गर्न बैठकले कार्यदेश गरेको सशस्त्र प्रहरी सुरक्षा गुल्म दार्चुलाका डिएसपी डम्मर बहादुर विष्टले जानकारी दिनुभयो ।बैठकमा सहभागि विष्टका अनुसार भारतमा रहेका नेपालीलाई दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस, महेन्द्र नमूना मावि, मालिकार्जुन मावि धाप, राष्ट्यि मावि दत्तुमा राख्न सकिने आकंलन गरिएको छ ।