राष्ट्रकाे सातै धाम मालिकार्जुनमा विशेष रुद्राभिषेक पूजा ।

४ बर्ष अघि

२0७७ बैशाख १ सोमबार

राष्ट्रकाे सातै धाम मालिकार्जुनमा विशेष रुद्राभिषेक पूजा ।

गणेश धामी बैशाख १ दार्चुला ।राष्ट्रकाे सातै धाम मालिकार्जुनमा रुद्राभिषेक गरिएको छ ।सोमबार नयाँ वर्ष २०७७ सालको अवसर पारि राष्ट्रको सातौँ धाम मालिकार्जुनमा विश्वभरीे महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संकट परास्त होस् भनी मालिकार्जुनमा रुद्राभिषेक गरिएको हो ।शैल्य शिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी र मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले संयुक्त रुपमा विशेष रुद्राभिषेक पूजा गरेका हुन् । कुनै पनि संकट आउँदा भगवान मल्लिकार्जुनको पुजा गर्नाले संकट हराएर जाने जनविश्वासका आधारमा विशेष रुद्राभिषेक पूजा गरिएको शैल्ययशिखर नगरपालिका  नगर प्रमुख अमरसिंह धामीले बताउनु भयाेे ।परापूर्वकाल देखिनै कुनै पनि संकट आउँदा भगवान माल्लिकार्जुनको पूजा आजा गर्ने गरेको र त्यहि मान्यता अनुसार मालिकार्जुुन मन्दिरमा विशेष पूजा गरिएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले  जानकारी दिनुभयाे । विशेष पुजामा स्थानीय श्रद्धालु सहित मालिकार्जुनका मुखिया रुद्रसिंह धामी र भण्डारी तारा सिंह धामीको उपस्थिति समेत रहेको थियो ।