आरडिटि परिक्षण गरिएका २१ जनाको रिपोर्ट नेगेटिभ ।

४ बर्ष अघि

२0७७ बैशाख १ सोमबार

आरडिटि परिक्षण गरिएका २१ जनाको रिपोर्ट नेगेटिभ ।

रमेश खत्री बैशाख ०१ दार्चुला । जिल्लाकाे महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा सोमबार २१ जना पुरुषको आरडिटि गरिएको छ । चैत महिनाकाे १ गते यता भारतको दिल्लीबाट आएका तथा होम क्वारेन्टाइनमा बसेका उनिहरुमा कोरोना परिक्षणका लागी आरडिटी गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । आरडिटी गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ अर्थात (ननरिएक्टिभ) आएको उहाले बताउनुभयो । 
  स्वाब संकलन गर्न छुटेका तथा भारत लगायत अन्य मुलुकको कोरोना संक्रमण सहरबाट दार्चुलाका आएका सबैको क्रमिक रुपमा आरडिटी गरिने उहाले बताउनुभयो ।महाकाली नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय दार्चुलाको सयुक्त स्वास्थ्यकर्मीहरुको टोलीले उनिहरुको आरडिटी गरेको उहाले बताउनुभयो । साथै जिल्लाको महाकाली नगरपालिका, नौगाड, ब्याँस, दुहुँ, र लेकम गाउँपालिकाका स्वास्थ्य ल्याबहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई आरडिटी कसरी गर्ने भन्ने विषयमा प्रयोगात्मक विधीबाट तालिम दिइएको उहाले जानकारी दिनुभयो ।