दार्चुलाबाट ४ सय ६० जनाको स्वाब काठमाण्डौँ लगियो ।

४ बर्ष अघि

२0७६ चैत्र २९ शनिबार

दार्चुलाबाट ४ सय ६० जनाको स्वाब काठमाण्डौँ लगियो ।

रमेश खत्री चैत्र २९ दार्चुला ।  दार्चुलाका ४ सय ६० जनाको स्वाब कोरोना परिक्षणका लागी शनिबार काठमाण्डौँ लगिएको छ । भारत तथा अन्य मुलुकबाट दार्चुला आएका उनिहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन स्वाब संकलन गरि परिक्षणका लागी काठमाण्डौँ लगिएका स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । जिल्लाको नौ वटै स्थानिय तहका ५ सय १० जनाको स्वाब परिक्षणका लागी संकलन गर्ने लक्ष्य राखेको भएपनि सेल्फ क्वारेन्टाइनमा बसेका ५० जना संकलन केन्द्र नआएपछि ४ सय ६० जनाको मात्रै स्वाब संकलन गरिएको उहाले बताउनुभयो । शनिबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौँबाट आएका स्वास्थ्यकर्मीहरुले कोरोना परिक्षणका लागी उनिहरुको स्वाब संकलन गरेका हुन् । जिल्लाका नौ वटै स्थानिय तहहरुमा पुगेर स्वास्थ्यकर्मीहरुले भारत लगायत अन्य मुलुकबाट आएकाहरुमा कोरोना संक्रमण भए नभएको परिक्षण गर्न स्वाब संकलन गरेको उहाको भनाई छ ।    स्थानिय तहले स्थापना गरेका क्वारेन्टाइनहरुमा स्वास्थ्यकर्मीहरुको टोली पुगी त्याहा बसेका तथा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुलाई बोलाई स्वाब संकलन गरेको तथा परिक्षणका लागी काठमाण्डौँ पठाइएको उहाले बताउनुभयो । दुईवटा हेलिकप्टर मार्फत दार्चुला पुगेका स्वास्थ्यकर्मीहरुको एक टोलीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा लेकम, मालिकार्जुन र शैल्यशिखर नगरपालिकाका र महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेका मानिसहरुको स्वाब संकलन गरेको थियो, भने अर्को टोलीले मार्मा, नौगाड, अपिहिमाल, दुहुँ र ब्याँस गाउँपालिकाको क्वारेन्टाइनमा बसेका मानिसहरुको स्वाब संकलन गरेको थियो । जिल्लाका विभिन्न ६ स्थानमा गरी ४ सय ६ण् जनाको स्वाब संकलन गरी परिक्षणका लागी काठमाण्डौँ पठाइएको छ । स्वास्थ्यकर्मीहरुको टोलीले मार्मा गाउँपालिकाको लटिनाथ, नौगाडको दल्लेक, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, दुहुँ गाउँपालिकाको हिकिला, ब्याँस गाउँपालिकाको हुती र महाकाली नगरपालिकाको खलंगामा कोरोना परिक्षणका लागी भारत तथा अन्य मुलुकबाट आएकाहरुको स्वाब संकलन गरेको थियो ।  जिल्लाको मार्मा र अपिहिमाल गाउँपालिकाका गरि १ सय ४० जना मध्ये १ सय ३९, नौगाड गाउँपालिकाका ४५, दुहुँ गाउँपालिकाका ४१ मध्ये ३८ जना, ब्याँस गाउँपालिकाका ३९ जना, शैल्यशिखर नगरपालिकाका ६३, मालिकार्जुन गाउँपालिकाका १६, लेकम गाउँपालिकाका ४ र महाकाली नगरपालिकाका १ सय ४० मध्ये १ सय ११ जनाको स्वाब संकलन गरिएको उहाले बताउनुभयो ।