शैल्यशिखर नगरपालिकामा ८४ जनाकाे स्वाब संकलन

४ बर्ष अघि

२0७६ चैत्र २९ शनिबार

शैल्यशिखर नगरपालिकामा ८४ जनाकाे स्वाब संकलन

दृष्टिकोण समाचार चैत्र २९ दार्चुला ,कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा बसेका नागरिकको थ्रोट स्वाब संकलनको काम शैल्यशिखर नगरपालिकामा सम्पन्न भएको छ । 
जसमा शैल्यशिखर नगरपालिकाका ६४ जना, मालिकार्जुन गाँउपालिकाका १६ जना र लेकम गाँउपालिकाका ४ जनाको स्वाब संकलन गरिएको हो । 
शनिबार  कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा स्वाब संकलनका लागि हेलकप्टर मार्फत स्वास्थ्य परिक्षण टोलि शैल्यशिखर नगरपालिका दार्चुला पुगेको थियो।
आज शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा ८४ जनाको स्वाब संकलन गरिएको शैल्यशिखर नगरपालिका नगर प्रमुख अमर सिह धामीले बताउनु भयो । 
क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकाहरुको मात्रै नभई अवका दिनमा स्वास्थ्य कर्मी, सुरक्षाकर्मी लगायत समाजमा खटिने अरु नागरिकहरुको पनि स्वास्थ्य परिक्षण गरिनु आवश्यक रहेको नगर प्रमुख अमर सिह धामीले बताउनु भयो ।