दार्चुलाका आधा दर्जन सरकारी कार्यालय नजिक हंगामा (भिडियो सहित)

६ बर्ष अघि

२0७५ असार १८ सोमबार

दार्चुलाका आधा दर्जन सरकारी कार्यालय नजिक हंगामा (भिडियो सहित)

दृष्टीकोण समाचार, असार १८ दार्चुला । लगातार पानी परेपछि दार्चुलाका आधा दर्जन सरकारी कार्यालय नजिक हंगामा हुने गरेको छ । कारण हो ढल निकासको । महाकाली नगरपालिकाको खलंगा बजार क्षेत्रमा त्यसैपनि ढल निकासको निकै समस्या छ । त्यसको प्रत्यक्ष असर यस पाली देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत्त प्राधिकरण, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय तथा राष्ट्रिय बाणिज्य बैंक नजिक भएर बग्ने ढल निकास बन्द भएपछि बाटो घाँटो बन्द भएको छ ।  जिल्ला हुलाका कार्यालयमा दुइ तिन दिन देखि ढलको पानी अफिस भित्र गएपछि कार्यालयको कामकाज पनि प्रभावित भएको छ । 


यतिमात्रै होइन लगातार तीन चार आर्थिक बर्षबाट लाखौँ रुपैँया खर्च गरी बनाएको जिल्ला प्रशासन कार्यालय नजिकको ढल निकासमा यस बर्ष पनि बजेट खर्च गरिदैँ छ । एकातर्फ असारमा मात्रै खर्च गर्ने प्रबृतिले हतार हतारमा काम गर्दा बिकास निर्माणको काम बलियो र दिगो नहुने र अर्कोतर्फ खर्च गरेर पनि दिगो विकास गर्न सकिएन भने त्यसको अर्थ पनि नभएको दार्चुला उद्योग बाणिज्य संघका पूर्व महासचिव बिसनसिह बोहराले बताए ।
महाकाली नगरपालिकाले बजार क्षेत्रको बाटोघाँटो विस्तार, सरसफाई खानेपानी तथा ढलनीकासलाई प्रभावकारी बनाउने नीति ल्याएर काम गरिरहेको छ । तर भएका संरचनाहरुको पनि संरक्षण सम्बद्र्धन नहुँदा यस्ता समस्या बेला बेला आउने गरेको प्रति स्थानीयले आक्रोश व्यक्त गर्ने गरेका छन् । ढलको पानी बन्द भई जिल्ला हुलाक कार्यालय भित्र पानी पसेपछि सोमबार जिल्ला हुलाक कार्यालयको काम प्रभावित भएको छ भने जिल्ला हुलाक भएर हिड्ने बटुवाहरुलाई सास्ती भएको छ । 

भिडियो हेर्नुस