दार्चुलामा क्वारेन्टाइन बसेका नागरिककाे स्वाब संकलन

४ बर्ष अघि

२0७६ चैत्र २९ शनिबार

दार्चुलामा क्वारेन्टाइन बसेका नागरिककाे स्वाब संकलन


दृष्टिकोण समाचार चैत्र २९ दार्चुला ,दार्चुलामा कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा बसेका नागरिकको थ्रोट स्वाब संकलन गरिको छ । शनिबार  कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा स्वाब संकलनका लागि हेलकप्टर मार्फत स्वास्थ्य परिक्षण टोलि दार्चुला आएको हो । भारतलगायत विभिन्न क्षेत्रबाट आएका नागरिकको स्याब संकलन गरेर परिक्षण गर्न सुदूरपश्चिमको दार्चुलाका छ ठाउँबाट स्थानहरुबाट स्याँब संकलन गरिएको छ । सुदुरपश्चिम सरकारको सहयोगमा शैल्य शिखर नगरपालिकाको गोकुलेश्वरमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाँउपालिका र लेकम गाँउपालिकाका स्थानीयहरुको स्वाथ्य परिक्षण गरिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामीले बताउनु भयो । ९ वटै स्थानीय तहमा भारत लगायत अन्य मुलकहरुबाट आएका व्यक्तिहरुको स्याँब संकलन गर्ने गरी अपिहिमाल र मार्मा गाउँपालिकाको लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँको हिकिला र व्यास गाउँपालिकाको हुती, मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर तथा महाकाली नगरपालिकाको खलंगामा स्याब संकलन गरिएको छ। स्वास्थ्य परिक्षण टोलिले क्वारेन्टाईनमा बसेका नागरिकहरुको स्वासको नमुना लगि परिक्षण गरिने शैल्यशिखर गरपालिकाका स्वास्थ्य संयोजक चक्र बहादुर कार्कीले बताउनुभयो ।क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बसेका सबै नागरिकहरुको स्वाबलाई परिक्षणका लागि दार्चुलाजिल्लाको ६ वटा स्थानहरुबाट संकलन गरिएको छ ।