दार्चुलाको ६ स्थानबाट स्वाब संकलन गरिदै ।

४ बर्ष अघि

२0७६ चैत्र २९ शनिबार

दार्चुलाको ६ स्थानबाट स्वाब संकलन गरिदै ।

 रमेश खत्री चैत्र २९ दार्चुला । दार्चुलामा कोरोना भाइरस चेकजाँचका लागि स्वाब संकलन गर्ने सामग्रीहरु पु¥याउन केन्द्रबाट स्वास्थ्यकर्मीहरुको टोली सहित दुई ओटा हेलिकप्टर आउदै छ ।दार्चुला, बैतडी तथा बझाङ जिल्लाका स्थानीय तहका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनका लागि आज जिल्लाका विभिन्न ६ स्थानमा हेलिकप्टर आउने भएको छ । सुदूरपश्चिम प्रदेशमा मात्रै एकै पटक तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल सरकारले सुदूरपश्चिम प्रदेशलाई प्राथमिकता साथ रोकथाम तथा चेकजाँच कार्य गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा ¥यापिड टेस्ट मेसिन उपलब्ध गराएको नेपाल सरकारले अहिले दार्चुलामा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गर्न लागिएको हो । संघीय सरकारको कार्यक्रम अनुसार मार्माको लटिनाथ, नौगाड, गोकुलेश्वर, दुहूँ र खलंगामा स्वाब संकलन गरिने स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । जिल्लाभरीमा ५ सय १० जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिनुभयो ।मार्मा गाउँपालिकाको लटिनाथमा मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका गरि १ सय ४० जना, नौगाड गाउँपालिकामा ४५ जना, दुहूँ गाउँपालिकामा दुहूँ र व्याँस गाउँपालिका ८१ जनाको स्वाब संकलन गरिने छ । गोकुलेश्वरमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाको गरि १ सय ५ जना र महाकाली नगरपालिकाको खलंगामा १ सय ४० जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको जनस्वास्थ्य अधिकृत भट्टको भनाई छ ।जिल्लाभरी क्वारेन्टाइनमा बसेकाहरु र होम क्वारेन्टाइनमा बसेका सम्भावित जोखिम भएकाहरुको स्वाब परीक्षण गरिने छ । क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरिनेछ भने होमक्वारेन्टाइनमा बसेकाहरुमध्ये कैलाली नाकाबाट भित्रिएकाहरु र दिल्ली मुम्बैबाट आएकाहरुलाई पनि प्राथमिकता दिइने छ ।
लटिनाथ, नौगाड र दुहूँ गाउँपालिकामा कैलाश एयरको हेलिकप्टर आउने छ भने गोकुलेश्वर तथा खलंगा क्षेत्रमा आर्मीको हेलिप्टरबाट स्वाब संकलनका लागि सामग्रीहरु पु¥याइने छ । हेलिकप्टरले सामग्री पु¥याउने र स्वाब संकलन गर्न सिकाउने छ । बाँकी स्वाब संकलनका लागि जिल्लाकै स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिने जनस्वास्थ्य अधिकृत भट्टले बताउनु भयो । जिल्लाभरी स्वाब संकलन पश्चात एकै पटक स्वाब लैजान मात्रै हेलिकप्टर आउने छ । नेपाली सेनाको हेलिकप्टर सुरुमा गोकुलेश्वर अवतरण हुने भने कैलाश एयरको हेलिकप्टर सुरुमा मार्मा गाउँपालिकाको लटीनाथमा अवतरण गरिने छ ।