विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन (हेर्नुहाेस सुचना सहित)

४ बर्ष अघि

२0७६ चैत्र २९ शनिबार

विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन (हेर्नुहाेस सुचना सहित)

रमेश खत्री चैत्र २९ दार्चुला। जिल्लाको नौगाड गाउँपालिकाले विशु पर्वको अवसरमा आयोजना गरिने जत्रा स्थगन गर्न सबै वडाकार्यालय र सरोकारवाहरुलाई सूचना जारी गरेको छ ।
शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै विशु पर्वमा आयोजना हुने सबै जात्रा रोक्न भनेको छ । गाउँपालिकाले सबै वडा कार्यालय र सबै सरोकारवालाहरु लाई भनेर २ वटा छुट्टाछुट्टै सूचना निकालेको छ ।हाल विश्वका अधिकांश देशमा महामारकिा रुपमा फैलिदै आइरहेकोकोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा व्यवथापनका लागि नेपाल सरकारको लकडाउन तथा भीडभाड नगर्ने नीति अनुसार यस नौगाड गाउँपालिका भित्रका ६ वटै विभिन्न स्थानमा विगतको सामाजिक परम्परा अुनसार नयाँ वर्षको अवसरमा आयोजना गर्दै आइरहेको विशु पर्व (जात्रा) आयोजना नगर्न नगराउन सम्पूर्ण आस्थावान जनसमुदायलाई सार्वजनिक स्थानमा सूचना टाँस गरी जानकारी गराएका छन  ।  दार्चुलाका नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिकामा विशु पर्व निकै धुमधामकासाथ मनाइने गरिन्छ । सुदूरपश्चिमको प्रमुख चाँड गौरा पर्व जस्तै मनाइने विशुपर्व कोरोना भाइरसका कारण यस वर्ष स्थागित गर्नु परेको नौगाड गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुुभयाे ।