सुपथ मूल्य पसल सञ्चालन।

४ बर्ष अघि

२0७६ चैत्र २८ शुक्रबार

सुपथ मूल्य पसल सञ्चालन।

दृष्टिकोण समाचार चैत्र २८ दार्चुुुुला । जिल्लाकाे महाकाली नगरपालिकाले ९ वटै वडामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको  छ । महाकाली नगरपालिकाको नगर कार्यपालिकाको मंगलबार बसेको बैठकको निर्णयअनुसार बिहीबारदेखि ९ वटै वडामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो । बन्दाबन्दीका कारण गरिब मजदुर, असंगठित मजदुर र आर्थिक अभावका कारण समस्यामा परेका व्यक्तिहरु समस्यामा पर्न नदिन तथा बजार क्षेत्रमा खाद्यान्न अभाव सिर्जना हुन नदिन सुपथ मूल्य सञ्चालनमा ल्याइएको नगर प्रवक्ता पुष्करराज जोशीले जानकारी दिनुभयो ।लकडाउनको समयमा बजारमा खाद्यान्न अभाव गरेर कालोबजारी रोक्नको लागि नगरपालिकाले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जोशीको भनाई छ । हामीले सकेसम्म उपभोक्ताले बजारकै दररेटमा खाद्यान्न उपलब्ध गराउदै छौ । अहिलेको अवस्थामा नगरबासी र नगरबाहिरबाट आएका व्यक्तिहरुले सहजताका साथ खाद्यान्न उपलब्ध हुने विश्वास गरिएको छ ।नगरपालिकाले सुपथ मूल्यका पसलमा मोटो चामल प्रतिकिलो रु ४४, मसिनो चामल प्रतिकिलो रु ५३ उपलब्ध हुने जनाएको छ । यस्तै दाल अरहर प्रतिकिलो रु १५५, तेल सनफलोर प्रतिलिटिर रु १८५ र भानु नुन प्रतिकिलो रु ९ मा उपलब्ध हुने बताइएको छ ।नगरपालिकाका सबै वडामा सुपथ मूल्यका पसल सञ्चालनमा आएको बताउँदै उहाँले भन्नुभयो, नागरिकले खाद्यान्नको लागि सदरमुकाम आउनुपर्ने अवस्था अन्त्य हुने छ । सुपथ मूल्यमा यो बाहेक अन्य सामाग्रीसमेत उपलब्ध गराउने गरी तयारी थालिएको छ ।