५ सय ९३ जना श्रमिकलाई राहत, स्वास्थ्यकर्मीहरूलाई जाेखिम भत्ता ।

४ बर्ष अघि

२0७६ चैत्र २८ शुक्रबार

५ सय ९३ जना श्रमिकलाई राहत, स्वास्थ्यकर्मीहरूलाई जाेखिम भत्ता ।

दृष्टिकोण समाचार चैत्र २८ दार्चुला ।दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाभरी असंंगठित श्रमिकको संख्या ५ सय ९३ जना रहेको पाइएको छ । वडा कार्यालयहरुले संकलन गरेको असंगठित श्रमिकहरुको संख्या ५ सय ९३ जना रहेको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका क्रममा दैनिक ज्यालामजदुरी गर्ने श्रमिक तथा असाहाय वर्गलाई राहात वितरण गर्न सरकारले निर्देशन गरेको छ । सोही अनुसार दार्चुलाका स्थानीय सरकारले तथ्यांक संकलन गरिरहेका छन् ।तर मालिकार्जुन गाउँपालिकाले भने आठ ओटै वडाहरुबाट असंगठित श्रमिकहरुको तथ्यांक संकलन गरि सोही अनुसार राहात वितरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र सिँह धामीले बताउनु भयो । तथ्यांक संकलनका लागि गाउँपालिकाले प्रत्येक वडा कार्यालयलाई निर्देशन गरेको थियो । वडा कार्यालयहरुले संकलन गरेको तथ्यांक अनुसार वडा नम्बर १ मा ४९ जना, वडा नम्बर २ मा ४३ जना, वडा नम्बर ३ मा ६३ जना श्रमिक रहेका छन् । यस्तै वडा नम्बर ४ मा ४७ जना, वडा नम्बर ५ मा १ सय २८ जना, वडा नम्बर ६ मा १ सय ३९ जना श्रमिक रहेको तथ्यांक वडाध्यक्षहरुले गाउँपालिकालाई दिएका छन् । यस्तै वडा नम्बरमा ७ मा ६५ जना र वडा नम्बर ८ मा ७५ जना असंगठित श्रमिकहरु रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका आठ ओटै वडामा गरि जम्मा ५ सय ९३ जना असंगठितको तथ्यांक गाउँपालिका पुगेकाले गाउँकार्यपालिकाको बैठकले वडा कार्यालयको लगत पारित गर्ने निर्णय गरेको छ ।राहात वितरणको जिम्मेवारी वडा कार्यालयलाई दिने निर्णय गरेको छ भने खाद्यान्न खरिदका लागि समेत वडा कार्यालय अर्थात् वडाध्यक्षहरुलाई नै जिम्मेवारी दिने निर्णय गरेको छ । तथ्यांक संकलन गरिएकाले एकद्वार प्रणालीबाट राहात वितरण गरिने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।