अायाेडिन नुनको अभाव हुन नदिन १२ हजार केजी नुन खरिद गरिदै।।

४ बर्ष अघि

२0७६ चैत्र २८ शुक्रबार

अायाेडिन नुनको अभाव हुन नदिन १२ हजार केजी नुन खरिद गरिदै।।

रमेश खत्री चैत २७ दार्चुला  काेराेन भाइरस (कोभिड‐१९ )को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका बेला नौगाड गाउँपालिकामा आयोडिन युक्त नुनका अभाव हुन नदिन १२ हजार किलोग्राम नुन खरिद गरिने भएको छ । गाउँकार्यपालिकाले गरेको निर्णय अनुसार गाउँपालिकामा अवस्थित दुई वटा सहकारीहरुले आयोडिन युक्त नुन खरिद गरी भण्डाण गर्ने निर्णय गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।  गाउँपालिकाको वडा नम्बर ३ मा रहेको ताराकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर १, २ र ३ का लागी तथा वडा नम्बर ६ मा रहेको समौजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर ४, ५ र ६ का लागी ६÷६ हजार किलोग्रामका दरले आयोडिन युक्त नुन खरिद गर्ने निर्णय गरेको उहाले बताउनुभयो । सहकारीले नुन खरिद गरेर भण्डार गर्ने तथा गाउँपालिकाबासीलाई विक्री गर्ने उहाले जानकारी दिनुभयो ।