अस्पतालमा आउने विरामी घटे ।

४ बर्ष अघि

२0७६ चैत्र २७ बिहीबार

अस्पतालमा आउने विरामी घटे ।

दृष्टिकोण समाचार चैत्र २७ दार्चुुुुला । जिल्ला अस्पताल दार्चुलामा विरामीको संख्या कम हुँदै गएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका (कोभिड–१९) को त्रासका कारण अस्पतालसम्म आउने विरामी कम हुँदै गएका हुन् ।विगतमा अस्पतालमा दैनिक ५० देखि ६० जना विरामी आउथे, जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनु भयाे । अहिले दैनिक १०।१५ जना पनि विरामी हुँदैनन् । आउनै पर्ने विरामी भए मात्रै अस्पतालसम्म पुग्ने गरेका छन् । कोरानाभाइरसका कारण देश पूरै लकडाउन भएको कारण पनि सर्वसाधारण सामान्य विरामी हँुदा अस्पताल आउन छोडेका हुन् । अस्पतालले पनि सामान्य विरामी हुँदा अस्पताल नआउन लिखित आग्रह गरेको थियो । अस्तालले सार्वजनिक सूचना अपिल जारी गर्दै समस्या नै भए अस्पताल आउन भनेको थियो । सामान्य विरामीलाई फोनमार्फत नै उपचार गर्ने विधि जानकारी गराउने गरिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालले अहिले ओपिडी सेवा बन्द गरेको छ । भने इमर्जेन्सी र ज्वरो क्लिनिक सेवा मात्र सुचारु गरेको भट्टले बताउनुभयो ।जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवाल सामान्य ज्वरोका विरामीहरु मात्र अस्पतालसम्म पुग्ने गरेको बताउनुहुन्छ । अन्य विरामी आउनै छोडे, उहाँले भन्नुभयो, ज्वरो आयो भने कोरोना हुन नसक्ने आंशका अस्पतालसम्म पुग्ने गरेका छन् । तर अस्पतालमा लडेर घाइते भएकाहरु भने बढि आउन थालेका छन् । अहिलेको दुई साताको लकडाउनको समयमा १०।१५ जना नै घाइते विरामी आएको डाक्टर दुवालले बताउनुभयो । लडेर घाइते भएकाहरुलाई उपचारको लागि धनगढी रिफर गर्ने गरिएको छ । अस्पतालले चैत १९ गतेबाट दैनिक रुपमा अस्तालमा आउने ज्वरोका विरामीहरुको तथ्यांक भने राख्ने गरेको छ । फिवरका विरामीहरुको रेकर्ड विभाग, मन्त्रालय, लगायतमा रिपोर्टिङ गर्न निर्देशन आएपछि राख्न शुरु गरिएको सुचना अधिकारी भट्टले बताउनुभयो ।भट्टका अनुसार जिल्ला अस्पतालमा आठ दिनमा ३० जना व्यक्तिमा सामान्य ज्वरो देखिएको छ ।