ट्युबबाट महाकाली तरेर आउने क्रम रोकिएन् ।

४ बर्ष अघि

२0७६ चैत्र २६ बुधबार

ट्युबबाट महाकाली तरेर आउने क्रम रोकिएन् ।

दृष्टिकोण समाचार चैत्र २६ दार्चला ।लकडाउनको समयावधि थपिदै जाँदा दार्चुलाको महाकाली नदी तरेर नेपालभित्रिने क्रम रोकिएको छैन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर नेपालीहरु धमाधम महाकाली तरेर घर फर्किरहेका हुन् । भारतको उक्ला क्षेत्रमा काम गर्दै आएका नौगाड गाउँपालिका ६ जना सोमबार मध्यराती महाकाली तरेर नेपाल भित्रिएका हुन् । मालिकार्जुन गाउँपालिकाको बाकुमा ट्युब तरेर नौगाड गाउँपालिका १ का कृष्णसिह ठगुन्ना, भरत ठगुन्ना, धनबहादुर ठगुन्ना, र वडा नम्बर ४ का प्रेमसिह धामी, जगत ठगुन्ना र वडा नम्बर ५ का प्रकाश टमटा नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् व्यवस्थापन संयोजक भुवन जोशीले जानकारी दिनुभयो । भारतमा काम रोकिएपछि उनीहरु उक्लाबाट हिडेरै जौलजीवि पुगेका थिए । उनीहरुले बाकुमा राती ट्युब तरेर जौलजीवि प्रहरीको चौकीको सम्पर्कमा पुगेका थिए । उनीहरुलाई जौलजीवि प्रहरी चौकीले राती साढे १० बजे सदरमुकाम खलंगास्थित महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा पुर्याइएको जौलजीवि प्रहरी चौकी इन्चार्ज हरी पन्तले जानकारी दिनुभयो ।यसअघि आइतबार महाकाली नदी तरेर १० जना भित्रिएका थिए । मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ को डिन्सी भएर ७ जना र बाकु भएर ३ जना नेपाली नेपाल भित्रिएका हुन् । डिन्सी भएर नेपाल फर्किनेमा मार्मा गाउँपालिका ५ का जगदीश बोहरा, प्रकाश बोहरा, उमेश बोहरा, राजेन्द्र महता, जनक महता, रमेश महता र राजेन्द्र महता रहेका छन् । उनीहरु ६ दिनदेखि जिआईसी जौलजीविको क्वारेन्टाइनमा थिए । यस्तै उकुको सलेतीमा ट्युब तरेर तीन जना नेपाल भित्रिएका हुन् । शनिबार राती मार्मा गाउँपालिका ५ का विजय महता, महाकाली नगरपालिका २ का रुपसिह सितोली र सन्तोष सितोली नेपाल भित्रिएका थिए उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी जिम्मा लगाइएको नगरपालिकाले जनाएको छ ।यसअघि ट्युब, तुईन, ढुंगामा हामफालेर र महाकालीमा पौडिएर ८१ जना बढि नेपाली भित्रिइसकेका छन् ।