कक्षा ११ र १२ को परीक्षा स्थगित (हेर्नुहोस सुचना सहित)

४ बर्ष अघि

२0७६ चैत्र २५ मंगलवार

कक्षा ११ र १२ को परीक्षा स्थगित (हेर्नुहोस सुचना सहित)

 चैत्र २५ काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।यस अघि कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो । कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।