बिकासले निम्त्याएको बिनास (फोटो फिचर)

६ बर्ष अघि

२0७५ असार १७ आईतवार

बिकासले निम्त्याएको बिनास (फोटो फिचर)

कृष्ण धामी, अषाढ असार १७ दार्चुला । दार्चुला जिल्लाका अधिकाँश स्थानीय तहहरुमा विकास निर्माणको पहिलो प्राथमिकताको रुपमा सडक निर्माणले तिब्रता पाएको छ । बिकास निर्माण आफैमा सराहनीय छ । भनिन्छ ‘कुनै कुराको विकास गर्दा कुनै कुराको बिनास पनि हुन्छ’ तर विकास निर्माण गर्दा अर्को बस्तुको बिनास भई फेरी त्यसको बिकास गर्नु असान्दर्भिक पनि हुन्छ ।

जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरुमा अहिले सडक निर्माण गर्दा अन्य विकास निर्माणका योजना तथा विभिन्न बस्तीहरु जोखिममा परेका समाचारहरु आउन थालेका छन् । विकास निर्माणको मुख्य प्राथमिकतामा रहेको सडक निर्माण गर्दा बाटोघाँटो, खानेपानी योजना, सार्वजनिक स्थल, बन जंगल, लगायत मानिसका घरजग्गा समेत जोखिममा परेका छन् ।

दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३  को खारमा लगातारको बर्षाका कारण सडक छेउछाउका घर तथा जमिनहरु जोखिममा रहेको स्थानीय रघुविरसिह ठगुन्नाले जानकारी दिनुभयो । यस्तै मालिकार्जुन गाउँपलिका वडा नम्बर ७ जौलजिबीमा रहेको बस्तीको माथिबाट पहिरो जाने तथा तलबाट महाकाली नदिको जोखिम रहेको स्थानीय लोकेन्द्रसिह धामीले बताए ।

विकास निर्माण गर्दा सक्दो अन्य विकास निर्माणलाई कम नोक्सानी हुने किसिमले विकास गर्नु अहिलेको आवस्यकता भए पनि विकासबादीहरुको बुझाईमा उक्त कुरा सामान्य बन्दा समस्या सृजना भएको स्थानीय जानकारहरुको भनाई छ ।

फोटो ःनौगाड गाउँपालिकाको खारमा जोखिम युक्त स्थानीयको घर