आगामी २ हप्ता थप चुनौतीपुर्ण हुनसक्छः प्रधानमन्त्री ओली ।

४ बर्ष अघि

२0७६ चैत्र २५ मंगलवार

 आगामी २ हप्ता थप चुनौतीपुर्ण हुनसक्छः प्रधानमन्त्री ओली ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीलाई सम्बोधन गरेका छन् । देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।