४ ठाउँमा सशस्त्र प्रहरी परिचालन ।

४ बर्ष अघि

२0७६ चैत्र २४ सोमबार

४ ठाउँमा सशस्त्र प्रहरी परिचालन ।

रमेश खत्री चैत्र २४ दार्चुला । भारत सगँ सीमा जोडने सबै पुलहरु बन्द भएर नेपालीहरु भारतमा मै बस्न बाध्य रहेको अवस्थामा महाकाली नदी तरेर नेपाल आउनेहरुलाई रोक्न ४ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । महाकाली नदीबाट नेपालीहरु भित्रिने क्रम बढेपछि २४ सै घण्टा निगरानी राख्ने गरी ४० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभएको छ । दार्चुला जिल्लाको दुम्लिङ,लाली,जोलजिवी र स्याकुमा सशस्त्र प्रहरीले निगरानी राख्नेछ । महाकाली नदी किनारमा २४ घण्टा निगरानी राख्ने काम गरेका छौ । कसैले अटेर गरे कानुन बमोजिन कारवाही गरिने उहाँले बताउनु भयो ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली,मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी,व्याँस गाउपालिकाको वडा नम्बर २ दुम्लिङ र व्याँस गाउँपालिको वडा नम्बर ५ धौलाकोटको स्याँकुमा १०—१० जनाको सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका प्रमुख डिएसपी डम्मर विष्टले बताउनु भयो ।