दार्चुलाः अन्तरपालिका आवागमन बन्द । (निर्णय सहित) 

४ बर्ष अघि

२0७६ चैत्र २४ सोमबार

दार्चुलाः अन्तरपालिका आवागमन बन्द । (निर्णय सहित) 

रमेश खत्री चैत्र २४ दार्चुला । कोरोना भाइरस (कोभिड —१९) को जोखिम न्यूनीकरणका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले ४ बुदे निर्देशन जारी गर्नुभएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिन लकडाउनलाई पूर्ण पालना गराउन आदेश जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड १९ को सक्रमण रोकथाम तथा नियन्त्रणमा पछिल्लो समयमा सुदुपश्चिम प्रदेशमा हुने सक्ने संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने सुरक्षाकर्मीलाई निर्देशन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लकडाउन अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने अवागमनलाई बन्द गरिएको छ । यस्तै यसअघि अत्यावश्यक सामाग्रीको आपूर्तिको लागि बिहान ७ बजेदेखि विहान १० बजे सम्म पसलहरु खुल्ला गरिएकोमा सो अवधिमा भीडभाड बढि हने गरेको भन्दै समायावधि घटाइएको छ । जस अनुसार अब अत्यावश्यक वस्तु दुध, पानी,तरकारी,खाद्य, ग्याँस र औषधी पसल मात्र बिहान ७ः३० देखि ९ बजेसम्म डेढ घण्टा खुल्ला रहने जनाइएको छ । यस्तै यसअघि अत्यावश्यक सेवाको लागि जिल्ला प्रशासन कार्यालय बाट जारि गरिएका सबै प्रकारका गाडीका पासहरु बन्द गरिएको छ । भने अवैध सीमा वारपार, अनावश्यक हिडडुल,जमघट खेलकुद,मर्निङ वाक,र खल्ला चौरमा जम्मा हुने तथा केटाकेटीहरुलाई बाहिर खल्ला छोडने कामलाई पूर्णतया रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।