लकडाउनलाई थप कडाइ ।

४ बर्ष अघि

२0७६ चैत्र २३ आईतवार

लकडाउनलाई थप कडाइ ।

दृष्टिकोण समाचार चैत्र २३ दार्चुला  ।–सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो ।अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि निधेष गरिएको छ ।यस्तै स्वास्थ्यकर्मीलाई बीमा र प्रोत्साहन भत्ताको साथै स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, पूर्णरुपले सुरक्षित बनाएर मात्रै उपचारमा लगाउने निर्णय भएको छ ।