सशस्त्र प्रहरी सीमा नाकामा खटिदै ।

४ बर्ष अघि

२0७६ चैत्र २३ आईतवार

सशस्त्र प्रहरी सीमा नाकामा खटिदै ।

रमेश खत्री चैत्र २३ दार्चुला । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न सशस्त्र प्रहरी सिमा नाकामा खटिने भएको छ । पछिल्लो समय कोरोना संक्रमणको त्रासका बिच भारत तथा अन्य देशमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेकाले असुरक्षा बढेको भन्दै सिमामा सशस्त्र प्रहरी खटिन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेड क्वाटर दार्चुलाका डिएसपी डम्बर बहादुर विष्टले बताउनु भयो । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सिमा क्षेत्रमा निगरानी बढाउन कैलालीको वनभेडा तालिम केन्द्रबाट ४० जना सशस्त्र प्रहरीको टोली आइतवार दार्चुला आउने उहाले जानकारी दिए ।यस्तै सिमा निगरानीकै लागि बैतडीमा ३० जना र डडेल्धुरामा ३० जनाको टोली खटिने उहाले बताउनु भयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा खटिएर निगरानी बढाउने उहाको भनाइ छ । त्रिदेशीय सिमा भएको दार्चुला जिल्लाको ४ ठाउँमा सशस्त्र प्रहरी खटिने भएको छ । प्रत्येक स्थानमा १०÷१० जना गरि सिमामा खटिने छन् । जिल्लाको उत्तरीक्षेत्र व्याँसको दुम्लिङ, धौलाकोट, लेकमको लाली र जौलजीवीमा सशस्त्र प्रहरी खटिने डिएसपी विष्टले बताउनु भयाे।