६ वटा एम्बुलेन्स तयारी अवस्थामा

४ बर्ष अघि

२0७६ चैत्र २२ शनिबार

६ वटा एम्बुलेन्स तयारी अवस्थामा

दृष्टिकोण समाचार चैैैत्र २२ दार्चुला । काेरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित भएका शंकास्पद बिरामीलाई आइसोलेसन वार्डसम्म पु¥याउन दार्चुला  जिल्लामा ६ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेका छन् ।
जिल्लाको दुहुँ गाउँपालिका नौगाड गाउँपालिका,मार्मा गाउँपालिकाका १÷१ वटा तथा जिल्ला अस्पताल दार्चुलाको १ वटा तथा शैल्यशिखर नगरपालिकाको २ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ साहयक खगेन्द्र कार्कीले जानकारी दिनु भयो ।  कोरोना सङ्क्रमित वा आशंका गरिएका बिरामी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ साहयक एव सुचना अधिकारी कार्कीले बताए ।
उहाँले भन्नुभयो“ बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था गरिएको छ”
कोरोना संक्रमित बोक्न एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेलले बताउनुुभयो ।
उहाँले भन्नुभयो“ एम्बुलेन्समा चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना संक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भएको छ । जिल्लामा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कसैमा पनि नदेखिए पनि बिरामी देखिएको खण्डमा तत्काल उद्धार तथा उपचार गर्नकालागि सम्पूर्ण तयारी गरिएकोस्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
भारत तथा अन्य मुलुकबाट काम गरेर आएका यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखेर दैनिक जाँच गरिन थालिएको छ । क्वारेन्टाइनमा राखिएका कसैमा पनि कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको जनाईएको छ । साथै जिल्लाका ९ वटै स्थानीय तहले      आवश्यकताअनुसार क्वारेन्टाइन निर्माणमा पनि जोड दिएका छन् ।