भिर बाट लडेर मृत्युु ।

४ बर्ष अघि

२0७६ चैत्र २२ शनिबार

भिर बाट लडेर मृत्युु ।

दृष्टिकोण समाचार चैत्र २२ दार्चुुुुला ।जिल्लाकाे महाकाली नगरपालिका ९ मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीया हरिनादेवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शनिबार बिहान घर नजिकै घाँस काट्न हिडेका महिला भीरबाट लडेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । मृतक झण्डै २ सय मिटर तल खसेका थिए । मृतक महिलाको घट्नास्थलमै ज्यान गएको छ । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।