मंगलबारबाट मौसम सामान्य हुने, जोखिम धेरै छैन

६ बर्ष अघि

२0७५ असार १७ आईतवार

मंगलबारबाट मौसम सामान्य हुने, जोखिम धेरै छैन

दृष्टीकोण समाचार, अषाढ १७ दार्चुला । बर्षायाम सुरु भएसँगै अषाढ दोश्रो सातादेखि देशभरको मौसममा परिवर्त आएको छ । देशका विभिन्न क्षेत्रमा बर्षा भईरहेको छ । जलतथा मौसम विज्ञान विभागका अनुसार अषाढ २० गतेबाट मौसममा सुधार आउने जनाएको छ । हाल देशका सबै प्रमुख नदीहरुका जलसतह सामान्य अवस्थामा रहेको छ तर जलस्थर बढ्दो क्रममा रहेको छ । देशका विभिन्न स्थानमा अषाढ १७, १८ र १९ गते हल्का तथा भारी बर्षा हुने संभावना रहेको छ । मौसमी प्रभावका कारण नदीहरुको अवस्था, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा सरोकारवालाका लागि परामर्श सहित जिल्ला प्रशासन कार्यालयले सबैको जानकारीको लागि सूचना जारी गरेको छ ।