कोभिड— १९ को स्वास्थ्य सामाग्री पुग्यो । 

४ बर्ष अघि

२0७६ चैत्र २१ शुक्रबार

कोभिड— १९ को स्वास्थ्य सामाग्री पुग्यो । 

दृष्टिकोण समाचार चैत्र २१ दार्चुला । कोरोना भाईरस (कोभिड— १९) को उपचारमा स्वास्थ्यकर्मीले प्रयोग स्वास्थ्य सामाग्री जिल्ला अस्पताल दार्चुलामा पुगेको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मीको लागि पठाइएको स्वास्थ्य सामाग्री दार्चुला पुगेको हो । चीनबाट ल्याईएका सामाग्रीलाई प्रदेश सरकारले अहिले हरेक जिल्लामा पठाउने काम गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार १ थर्मोमिटर र २४ वटा एन ९५ मास्क जिल्लामा आइपुगेको छ । जिल्लाको १५ वटा थर्मोमिटर हरेक सामाग्री जिल्लाबाट माग भएभन्दा निकै कम आइपुगको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  । त्यस्तै कोरोना संक्रमणको बिरामीको नमुना संकलन गर्ने भीटीएम चार थान ल्याइएको छ । ती भिटीएमले चार जना मात्र बिरामीको नमुना संकलन गर्न सकिने उहाँको भनाइ छ । स्वास्थ्य निर्देशालयबाट जिल्लालाई प्राप्त भएका सामाग्रीमा गाउन ४०, सर्जिकल ग्लब्स १५ सय, सर्जिकल मास्क चार हजार थान छन् । जिल्लामा आएका सामानमध्ये ९० प्रतिशत जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा प्रयोग हुनेछ । मास्क र ग्लब्स भने जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा पठाउने तयारी गरिएको छ ।कोराना भाइरसको शंकास्पद बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीले लगाउने गाउन कम आएको छ । अस्पतालले माग गरेको गाउन अस्पताललाई २० पिस आएको छ, त्यसमा मास्क, ग्लब्स, कभर, बुट, चस्मा पुगेको छैन्, जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले भन्नुभयो । पहिलो चरणमा सामान कम पुगेको छ, यो बारेमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई जानकारी गराइएको छ ।