बैतडीको मेलौलीमा खोरमा चितुवा   ।

४ बर्ष अघि

२0७६ चैत्र २१ शुक्रबार

बैतडीको मेलौलीमा खोरमा चितुवा   ।

जनक साउद चैत्र २१ बैतडी ।   चितुबा आतंकीत क्षेत्र बैतडीको मेलौली नगरपालिका ९ अनकुलामा चितुवा खोरमा परेको छ । चितुवा खोरमा परेको आज शुक्रबार बिहान स्थानियहरुले थाहा पाएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । चितुवाले उक्त क्षेत्रमा आतंक मच्चाए पछि सरोकारवाला निकायहरुले खोर निर्माण गर्न निर्णय गरेका थिए । सरकारोकारबालाहरुको निर्णय पश्चात निर्माण गरिएको खोरमा पहिलो पटक चितुवा परेको हो । डिभिजन वन कार्यालय बैतडीका बन अधिकृत केशव पराजुलीले चितुवा नियन्त्रणको यो पहिलो सफलता भएको बताउनुभयो । अहिले सम्म नियन्त्रणका थुप्रै प्रयासहरु भए पनि यो नै पहिलो सफलता भएको उहाले बताउनुभयो । यस्तै खोरमा परेको चितुवाको बारेमा राष्टिय निकुञ्ज तथा बन्यजन्तु बिभागको टोलीलाई खबर गरिसकेको बन अधिकृत पराजुलीले बताउनुभयो । रााष्टिय निकुञ्ज तथा बन्यजन्तु बिभागको टोली आएर खोरमा परेको चितुवा जिम्मा लिने उहाले बताउनुभयो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले आतंक मच्चाउदै आएको छ । चितुवाको आक्रमणबाट अहिलेसम्म २५ जनाले ज्यान गुमाएका छन ।