वादी समुदायलाई खाद्यान्न वितरण ।

४ बर्ष अघि

२0७६ चैत्र १८ मंगलवार

वादी समुदायलाई खाद्यान्न वितरण ।

रमेश खत्री चैत १८ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले वडा नम्बर ९ गोकुलेश्वरमा बसोबास गर्ने वादी समुदायलाई खाद्यान्न वितरण गरेको छ । गोकुलेश्वर बजारमा बसोबास गर्ने वादी समुदायका ८० परिवारका लागि १० किलोग्राम चामल, १ किलो दाल, १ किलोग्राम नुन र १ लिटर तेल वितरण गरेको हो । मंगलवार वडा नम्बर ९ का अध्यक्ष रामधनी विष्टले वादी समुदायका ८० घर परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । नगरपालिकाले घरबार र भुमिहीन बादी समुदायका लागि राहत स्वरुप खाद्यान्न सहयोग गरेको जनाएको छ । विश्वव्यापी माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले खाद्यान्न वितरण गरेको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमर सिंह धामीले बताए ।
भोकभोकै कोही पनि मर्नु नपर्ने भन्दै लकडाउनका कारण समस्यामा परेका जो कोहीलाई पनि नगरपालिकाले समस्या पहिचान र प्राथमिकताका आधारमा सहयोग प्रदान गर्ने उहाले बताए । साथै हरेक वडाहरुमा दैनिक मजदुरी गर्नेहरुको लगत संकलन गरि सोही अनुसार राहत वितरण गर्नेे योजना रहेको नगरप्रमुख धामीको भनाइ छ ।
नगरपालिकाले गरेकोे सहयोगले आफुहरुलाई निकै सहयोग पुगेको कुन्धन वादी बताए । एक छार्न टार्न समेत धौ धौ हुन्छ , हामी त काम गरि खाने वर्ग, यसमा फेरी नेपाल लकडाउनले भोकभोकै बस्नुपर्ने स्थिति आयो उहाले भन्नुभयो ।सानै भएपनि नगरपालिकाले दिएको राहतले सहयोग पुगेको उहाको भनाइ छ ।