६सय ६० नेपालीेलाई भारत सरकारको क्वारेन्टाइनमा राख्यो ।।

४ बर्ष अघि

२0७६ चैत्र १८ मंगलवार

६सय ६० नेपालीेलाई भारत सरकारको क्वारेन्टाइनमा राख्यो ।।

दृष्टिकोण समाचार दार्चुला, सिमावर्ती क्षेत्र नेपालको दार्चुला र भारतको धारचुलामा अलपत्र परेका नेपालीहरुको भारतीय पक्षले व्यवीथापन गरेको छ ।
भारतमा रहेका नेपालीहरुको भारत सरकारले व्यवस्था गर्ने सहमति अनुसार धारचुला क्षेत्रमा अलपत्र  ६ सय ६० नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको हो ।
नेपाल र भारतमा लक डाउन नभएसम्म वा नेपाल र भारत सरकारबीच अर्को सहमति नभएसम्म नेपालीहरुलाई भारतमै क्वारेन्टाइनमा राखिने धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिल कुमार सुक्लले जानकारी दिनु भएको छ ।
धारचुला क्षेत्रमा रहेको मिनि स्टेडियममा ३सय २५ जना,े जिआइसीको भवन जौलजिविमा १ सय १० जना, बालुवाकोट महाविद्यालयमा ६० जना र धारचुला नगरपालिकाको काजिहाउसमा  १सय ६५ जनालाई क्वारेन्टाईनमा राखेको उपजिल्ला अधिकारी सुक्लले बताएका छन  । नेपाली मजदुरहरु आफ्नो देश फर्किन नेपाली नाकासम्म पुग्दा पनि नेपाल सरकारले कुनै चाँसो नदिदा नेपाली मजदुरहरुले दुःख झेल्नु पारेको र नेपाल सरकारले समस्या सम्बोधन गर्न नसकेकाले समस्या झल्नु परेको बौतडि जिल्ला पुचौडि नगरपालिकाका उत्तम बोहोराले बताउनु भयो । कोरोनाको प्रकोप यता देखियो भने नेपालीभन्दा भारतीय नै प्राथमिकता पर्ने भएकाले नेपालीहरुलाई नेपाल मै व्यवस्था गर्नु उचित रहेको उपजिल्ला अधिकारी सुक्लले बताउनु भयो ।