सदरमुकाममा किटनाशक औषधी छर्किदै नेपाली सेना

४ बर्ष अघि

२0७६ चैत्र १७ सोमबार

सदरमुकाममा किटनाशक औषधी छर्किदै नेपाली सेना

दृष्टिकोण समाचर चैत्र १६ दार्चुुुुला ।  दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा नेपाली सेनाको टोली कोरोना किटनाशक औषधी छर्किदै छ । अाज पहिलो पटक जिल्ला सदरमुकाम खलंगा क्षेत्रका विभिन्न चोक तथा स्थानहरुमा सेनाको मेडिकल तालिम प्राप्त सेनाको टोलीले किटनाशक औषधी छर्किन थालेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा थापाले बताउनु भयो । स्वास्थ्य कार्यालय दार्चुलासंग समन्वय गरेर सदरमुकामका बढी भीडभाड हुने स्थान तथा चोकहरुमा किटनाशक औषधी छर्किन लागिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाबाट औषधी छर्किने मेसिन भाइटेक्स, केमिकल, एप्रोन लगायतका सामग्री स्वास्थ्य कार्यालयबाट उपलब्ध भएको थियो । स्याउ जोन कार्यालयमा रहेका २ मेसिन र महाकाली नगरपालिकामा रहेका २ ओटा मेसिन प्रयोग गरि सदरमुकाम खलंगाका विभिन्न स्थानमा किटनाशक औषधी छर्किएको हो । सशस्त्र प्रहरी तथा नेपाल प्रहरी संग समेत समन्वय गरि नेपाली सेनाको टोलीले किटनाशक औषधी छर्किएको गुल्मपती थापाले बताएका छन् ।