दार्चुलामा पनि भेटिए कोरोनाको शंस्कास्पद व्यक्ति

४ बर्ष अघि

२0७६ चैत्र १७ सोमबार

दार्चुलामा पनि भेटिए कोरोनाको शंस्कास्पद व्यक्ति

दृष्टिकोण समाचार चैत्र १७ दार्चुला  । दार्चुलामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद व्यक्ति भेटिएका छन् ।भारतको दिल्लीबाट फर्किएका शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का ४३ वर्षिय एक जना पुरुषमा कोरोना भाइरसका जस्तै लक्षण देखिएको गोकुलेश्वर अस्पतालका डाक्टर महादेव भट्टले बताउनु भयो ।  भारतको दिल्लीबाट फर्किएको ११ औँ दिनमा आइतबार ज्वरो तथा रुघाखोकीको लक्षण देखिएकाले ती व्यक्रि आफै गोकुलेश्वर अस्पतालमा आएको र कोरोना भाइरसको जस्तै लक्षण देखिएकाले ती व्यक्तिलाई छुट्टै आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको डाक्टर महोदव भट्टले बताउनु भयो । दिल्लीबाट फर्किएको ११ औँ दिनमा ज्वरो र रुघाखोकी लक्षण देखिएको र कोरोना भाइरसको लक्षण जस्तै लक्षण देखिएकाले कोरोनाकै आशंकामा आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको डाक्टर भट्टले बताउनु भयो । कोरोना भाइरसको चेकजाँच गर्ने सुविधा गोकुलेश्वर अस्पतालमा नभएकाले अहिले ती पुरुषलाई कोरोना भाइरसको संक्रमण हो वा होइन यसै भन्न नसकिने डाक्टर भट्टको भनाई छ । गोकुलेश्वर अस्पतालमा भिटिएम सुविधा नभएकाले शंकास्पद व्यक्तिको नमुना परीक्षणका लागि अन्तै पठाउन समेत सकिएको छैन । स्वास्थ्य निर्देशनालय दिपायल डोटीमा समेत जानकारी गराएको र त्यहाँ पनि भिटिएम नरहेको जानकारी प्राप्त भएको गोकुलेश्वर अस्पतालले जनाएको छ । ओइसोलेशन कक्षमा राखेर उपचाररत ती पुरुषमा १ सय डिग्री भन्दा बढी ज्वरो मापन गरिएको छ । उनलाई सामान्य ज्वरोको औषधी सहित सामान्य उपचार भइरहेको छ । केही दिन आइसोलेशन कक्षमा राखेर उपचार गर्ने र सुधार नभए अन्यत्र रिफर गरिने डाक्टर भट्टको भनाई छ ।पीपीई सामग्रीहरु तथा किट सामग्रीहरु नभएकाले थप उपचार गर्न समेत समस्या भएको उहाँको भनाई छ