महाकली नदिमा पैडि खेल्दै अाए एक जना नेपाल ।

४ बर्ष अघि

२0७६ चैत्र १७ सोमबार

महाकली नदिमा पैडि खेल्दै अाए एक जना नेपाल ।

दृष्टिकोण समाचार चैत्र १७ दार्चुला । भारतको धारचुलामा रहेका नेपाली कामदार पुल नखोलीदा नदिमा पौडी खेली नेपाल तर्फ आउन थालेका छन् । सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री महाकालीमा पौडी खेली नेपाल आएका छन् । उनी भारतको रीमामा मजदुरी गरि घर फर्किदा नेपाल लकडाउन तथा सीमा क्षेत्र बन्दका कारण भारतको धारचुलामा तीन दिन देखी अलपत्र अवस्थामा रहेका थिए ।उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ । पुल खोल्न प्रमुख जिल्ला अधिकारी सँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए । आफूहरुको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उहाको भनाइ छ ।