कसैले बूझ्दैनन् हाम्रो पीडा, पटक—पटक सास्ती

६ बर्ष अघि

२0७५ असार १७ आईतवार

कसैले बूझ्दैनन् हाम्रो पीडा, पटक—पटक सास्ती

लोकेन्द्र बम, अषाढ १७ दार्चुला । दार्चुला तिङ्कर सडक खण्डको पाँच ठाउँमा पहिरो पञ्छाउँदा पञ्छाउदै सास्ती भएर पनि व्यवसायिहरुको पीडा कसैले बुझ्न सकेका छैनन् । लगातारको झरीका कारण दुहुँ गाउँपालिका वडा नम्बर ३ को श्रीबगड, राताकाठा, तथा तिमुरबाटामा दार्चुला तिङ्कर सडक खण्डको पाँच ठाँउमा पहिरो परेको छ । पहिरोले बाटो अबरुद्ध गरेपछि बटुवा तथा टेक्टर व्यवसायिहरुलाई सास्ती हुन्छ । 
तर बाटो खोल्ने तर्फ कसैको ध्यान जान सकेको छैन । यो लगायत पाँचौ पटक टेक्टर व्यवसायिहरु मिलेर बाटो सुचारु गरेका छन् । टेक्टर व्यवसायि चक्र बहादुर बमको नेतृत्वमा १४ जनाको टिमले आफै बाटो खोलेर टेक्टर सञ्चालन गर्ने गरेको व्यवसायि मानबहादुर बमले बताए ।


बाटो अबरुद्ध भएपछि दुहूँ गाउँपालिकालाई बेला—बेला अनुरोध गरेपनि केही नलागेपछि व्यवसायिहरु आफै मिलेर सक्ने ठाउँमा मानिसले काम गरेको र नसक्ने ठुला ढुङ्गाहरु टेक्टरले धकेलेर सडक सुचारु गरेको चक्रबहादुर बमले जानकारी दिनुभयो ।दुहुँ गाउँपालिकाले आफ्नै स्काईभेटर किनेको छ । दुहुँ जानलाई बाटोघाँटो नभएपछि उक्त मेसिन दार्चुला सदरमुकाममै थन्कीएर बसेको छ । यो भन्दा पहिले पनि ३÷४ पटक टेक्टर व्यवसायिहरुले अबरुद्ध बाटो सञ्चालन गर्ने काम गरेका छन् ।