धारचुलामा फेरि आए २ सय २० जना नेपाली कामदार

४ बर्ष अघि

२0७६ चैत्र १६ आईतवार

धारचुलामा फेरि आए २ सय २० जना नेपाली कामदार

दृष्टिकोण समाचार चैत्र १६ दार्चुला । धारचुलामा फेरि ठूलो संख्यामा नेपाली कामदारहरु आएका छन् । लकडाउनको समयमा पनि दुई पटक सीमा नाका खोलेर नेपाली कामदारहरुलाई नेपाल प्रबेश गराएपछि आज बिहानै ठूलो संख्यामा नेपाली कामदारहरु आएका छन् । 
हिजो मात्रैे २ सय २५ जना नेपाली कामदारहरुको उद्धार गरिएको थियो । हिजो मात्रै ठूलो संख्यामा नेपाली कामदारहरुको उद्धार पश्चात् हिजाे विहानै फेरि ठूलो संख्यामा नेपाली कामदारहरु पुगेका छन् । चैत्र ११ गते ७८ जना नेपालीहरुको उद्धार गरिएको थियो भने शुक्रबार मात्रै २ सय २५ जना नेपाली कामदारहरुको उद्धार गरिएपछि शनिबार  फेरि २ सय २० जना नेपाली कामदारहरु आएका भारतीय सुरुक्षाकर्मीले नेपाली सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छन् । पुलघाँटमा खटिएका नेपाली सुरक्षाकर्मीहरुका अनुसार शनिबार बेलुकीसम्म २ सय २० जना नेपाली कामदार धारचुला बजार क्षेत्र नजिकै महाकाली नदी किनारमा पुगेका छन् । लकडाउन घोषणा गरिएको सीमा नाका बन्द हुदाँ नेपाली कामदारहरु धारचुला क्षेत्रमा अलपत्रमा पर्ने गरेका छन् भने अन्य विभिन्न स्थानमा समेत नेपाली कामदारहरु बिचल्लीमा परेका छन् ।शुक्रबार  मात्रै २ सय २५ जना नाका खोलेर नेपाल प्रबेश गर्न दिइएकोे छ भने हिजाे फेरि २ सय २० जना नेपाली कामदार पुगेको भारतीय सुरुक्षाकर्मीहरुले जानकारी गराएका छन् ।