भारतमा अलपत्र २ सय ६ जना नेपालीको उद्वार

४ बर्ष अघि

२0७६ चैत्र १४ शुक्रबार

भारतमा अलपत्र २ सय ६ जना नेपालीको उद्वार

  दृष्टिकोण समाचार  दार्चुला , तीन दिनदेखि भारतको धारचुलामा अलपत्र परेका २ सय ६ जना नेपालीको उद्धार गरिएको छ । नेपाल र भारत दुवैतर्फ  निशेधाग्य जारी  भएको बेला भारत पिथौरागढको धारचुलामा अलपत्र परेका २सय ६ जना नेपालीको शुक्रबार बेलुकी उद्धार गरिएको हो । उद्धार गरिएका सबै नेपालीलाई सम्बन्धित स्थानीय तहको जिम्मेवारी लगाउने गरी दार्चुला सदरमुकाम बाट पठाइएको छ ।पिथौरागढ जिल्लाको डिडिहाट कालिका, मुन्स्यारी,भागिचाैर लगायतका क्षत्रेमा काम गर्दै आउनुभएका नेपालीहरु घर फर्किने क्रममा तीन दिनदेखि धारचुलामा अलपत्र परेका थिए । स्थानीय प्रशासन, महाकाली नगरपालिका, संघीय सांसद, प्रदेश सांसद, उद्योग वाणिज्य संघको समन्वयमा उद्धार गरिएको हो ।  कोराना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण भारतबाट नेपालीहरु दिनहु घर फर्किरहेका छन् ।  कोराना भाइरसका कारण ठेकेदारहरुले गाउँ जान भनेपछि फर्किएका मजदुरहरु चार पाँच दिन पैदल हिडेर धारचुला पुगेका थिए । 
दैनिक ज्याला मजदुरी गर्न गएका उनीहरु पैदल हिडेर धारचुला पुगेका थिए दुई दिनदेखि धारचुलामा कष्टकर जीवन बिताउनुपरेको उनीहरुको भनाई छ ।उद्धार पछि उनीहरुलाई शुक्रबार रातीनै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ ।
महाकाली नगरपालिकाले बसको व्यवस्थापन गरेर बाहिरी जिल्लाका मजदुरहरुलाई घर फर्काउने व्यवस्था गरेको हो । भारतबाट उद्वार गरिए १ सय ९९ पुरुष र ७ जना महिलाको 
सदरमुकाम खलंगास्थित महेन्द्रमावि खलंगामा राखेर स्वास्थ्य चेकजाँच तथा उनीहरुको तथ्यांक राखिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।