दृष्टिकोण समाचार चैत्र १३ दार्चुला । विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड—१९) को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ३ जनालाई दार्चुला सदमुकाम बाट र ११ जान धापबाट नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले २० जनालाई नियन्त्रणमा लिई सम्झाएर पठाएको थियो । विहीबार बिहान १० बजेपछि बजार क्षेत्रमा आदेश उलङघन गर्दै हिडेका १४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी दार्चुलाका डिएसपी दिपेन्द्र शाहीले जानकारी दिनु भयो । लकडाउनको तेस्रो दिन सर्वसाधारणको बजारमा ओहोरदोहोर भने घटेको डिएसपी शाहीले बताउनु भयो ।